रसुवामा कांग्रेसका माेहन आचार्य निर्वाचित

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, २१ : ५६
रसुवामा कांग्रेसका माेहन आचार्य निर्वाचित

रसुवा । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् ।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस