डडेल्धुरामा देउवाभन्दा सागर ढकाल ५४४९ मतान्तरले पछाडि

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १८ : ०९
डडेल्धुरामा देउवाभन्दा सागर ढकाल ५४४९ मतान्तरले पछाडि

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन् । उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । २३ हजार ३६१ मत गणना भईसक्दा देउवाले ११ हजार ५५४ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी सागर ढकालले ६ हजार १०५ मत पाएका छन् । देउवा ५ हजार ४४९ मतान्तरले अगाडि देखिएका छन् । तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका कर्णबहादुर मल्लल ३ हजार २९५ मत पाएका छन् । २३ हजार मत गणना हुँदा १ हजार ५११ मत भने बदर भएका छन् ।

प्रतिक्रिया दिनुहोस