प्रचण्ड , ओली र प्रधानमन्त्री देउवाबीच वार्ता , विकसित घटनाक्रमबारे छलफल हुँदै

शनिबार, ०१ पुस २०७४, १० : ३३
प्रचण्ड , ओली र प्रधानमन्त्री देउवाबीच वार्ता ,   विकसित घटनाक्रमबारे छलफल हुँदै

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् । बालुवाटारमा जारी भेटमा सत्ता हस्तान्तरणकाे सहज बाटाेका बिषयमा छलफल चलिरहेकाे जनार्इएकाे छ ।

प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको

प्रतिक्रिया दिनुहोस