रुपन्देही–२ मा एमालेका विष्णु पौडेल पछाडि

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २१ : १६
रुपन्देही–२ मा एमालेका विष्णु पौडेल पछाडि

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राति ८ः२० बजे सम्म ३ हजार २० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेले एक हजार ९६ मत पाएका छन् भने विष्णु पौडेलले ९६४ मत पाएका छन् । 

गठबन्धनका केशवबहादुर थापाले ७ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ ।
 

प्रतिक्रिया दिनुहोस