डडेल्धुरामा २९५६ मत गन्दा झण्डै आधा मतले देउवाको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २० : १५
डडेल्धुरामा २९५६ मत गन्दा झण्डै आधा मतले देउवाको अग्रता

डडेलधुरा । डडेलधुरामा हालसम्म २९५६ मत गणना सकिएको छ । जसमा झण्डै आधाजसो मत प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका उम्मेदवार शेरबहादुर देउवाले पाएका छन् । 

देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले  ७३० मत पाएका छन् । यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस