मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमालेको नाराबाजी

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १६ : ५५
मतगणना सुरु नभएको भन्दै कैलाली-५ मा एमालेको नाराबाजी

काठमाडौं। कैलाली ५ मा मतदान भएको २४ घण्टा बितिसक्दासमेत मतगणना सुरु नगरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन् ।

उनीहरूले जनमतको कदर गर्नुपर्ने भन्दै  साेमबार निर्वाचन आयोगविरुद्ध नाराबाजी गरेका हुन् । उक्त क्षेत्रमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भनिए पनि ढिलाइ भएको छ ।

सो क्षेत्रमा एमालेबाट नारदमुनि राना, नेपाली कांग्रेसका डिल्लीराज पन्त मुख्य प्रतिष्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस