काठमाडौं । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा आज बिहान ११ बजेपछि मतगणना सुरु गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार सर्वदलीय बैठक सम्पन्न भइसकेको छ ।
“हामीले बैठक सम्पन्न गर्यौँ । मतगणनाका प्राविधिक विषयहरू मिलाउँदै छौँ,” उनले भने, “११ बजेपछिबाट मतगणना सुरु गर्ने हाम्रो योजना हो ।”
निर्वाचन क्षेत्र नम्बर–१ बाट राप्रपा (नेपाल)का अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाका नेता दीपक सिंह तथा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का महेशकुमार बर्तौला, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडालगायत चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सकियो समानुपातिकतर्फको मतगणना
यी चार दलले समानुपातिकमा एक हजार मत पनि पाउन सकेनन्
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ?
समानुपातिक मतगणना : १ करोड २ लाख मत गणना: रास्वपा ५० लाख नजिक
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बाजुरामा मतगणना सुरु