एजेन्सी । भारतको बिहार राज्यअन्तर्गत वैशाली जिल्लाको मेहनार क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ।
प्रारम्भिक जानकारीअनुसार त्यहाँ सडकको छेउमा पूजा गरी रहेको अवस्थामा ट्रक चल्दा किचिएर सात मानिसको मृत्यु भएको हो ।
वैशालीका एसपी महेशले यस घटनामा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको बिबिसीलाई जानकारी दिए। समाचार एजेन्सी एएनआईका अनुसार यस दुर्घटनामा कम्तीमा सात बालबालिकाको मृत्यु भएको छ।
जानकारीका अनुसार मेहनार(हाजीपुर मुख्य सडकमा रहेको देसरी प्रहरी चौकी क्षेत्रमा उक्त दुर्घटना भएको हो । नयाँगाउँ टोलामा सडक छेउमा मानिसहरू पूजा गरिरहेका थिए। अनियन्त्रित ट्रकले ती मानिसहरूलाई कुल्चेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु