नामिबिया भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १९ : ४१
नामिबिया भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नामिबियामा हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय राष्ट्रिय टिम सार्वजनिक गरेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले यसअघि त्रिवि क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको एकदिवसीय शृंखला खेलेका तीन खेलाडीलाई बाहिर राखेका छन् ।

नामिबिया भ्रमणका लागि घोषित टिममा नन्दन यादवले स्थान बनाउँदा यूएईविरुद्धको शृंखलामा टिममा समेटिएका आदिल आलम, भीम सार्की र कमलसिंह ऐरी अटाएनन् ।

नामिबियामा नेपालले घरेलु टिम र स्कटल्यान्डसँग त्रिदेशीय शृंखला खेल्नेछ । शृंखला आउँदो डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म हुनेछ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुल्सन झा, करण केसी, हरिशंकर साह र नन्दन यादव ।

प्रतिक्रिया दिनुहोस