नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले चितवनबाट गरे मतदान

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, ११ : २८
नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले चितवनबाट गरे मतदान

चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका उमेश श्रेष्ठले मतदान गरेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जारी मतदान प्रक्रियामा उनले भरतपुर-५ स्थित तोरीखेत पुगेर मतदान गरेका हुन् ।

मतदानपछि उनले सार्वभौम अधिकार अभ्यास गर्ने मताधिकारको सदुपयोग गर्न र निर्वाचनलाई उत्सवको रूपमा मनाउन आग्रह गरेका छन् । 

चितवन क्षेत्र नम्बर- २ मा श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस