स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहले रौतहटबाट गरे मतदान

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १० : ३७
स्वतन्त्र उम्मेदवारी दिएका प्रभु शाहले रौतहटबाट गरे मतदान

रौतहट । स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु शाहले मतदान गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ स्थित मौलापुर मतदान केन्द्रबाट उनले  मतदान गरेका हुन् । 

मतदानपछि उनले भने 'आफ्नो अमूल्य मतको सदुपयोग गरी क्षेत्रसहित देशलाई सही मार्गदर्शन गर्नका लागि अनिवार्य रुपमा मतदानमा सामेल हुन सम्पूर्ण मतदाता समक्ष हार्दिक अपिल समेत गर्दछु ।'

प्रतिक्रिया दिनुहोस