काँग्रेस महामन्त्री शर्माले गरे झापामा मतदान, जित निश्चित रहेको दाबी

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १० : १०
काँग्रेस महामन्त्री शर्माले गरे झापामा मतदान, जित निश्चित रहेको दाबी

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगरस्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ ९२० स्थित मेचीनगर( ९ मा रहेको कविशिरोमणि माविमा मतदान गरेका हुन् । शर्माले बिहान ९ बजे मतदान गरेका थिए ।

मतदानपछि पत्रकारहरूसँग शर्माले गठबन्धनले देशभरि नै जित हासिल गर्ने कुरामा आफू ढुक्क रहेको बताए । उनले यो पटक मतदाताले आफूलाई माया गरेको र जित निश्चित रहेको दाबी गरे । ‘७० को चुनाव परिचयको थियो‚ ७४ को अनुभवको,’ शर्माले थपे, ‘यो चुनाव परिणामको हो ।’


 

प्रतिक्रिया दिनुहोस