काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद निर्वाचित भएको भोलिपल्टैबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका थापाले मतदानपछि प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्न आवश्यक रहेको भन्दै अब त्यसको तयारीमा लाग्ने बताए ।
‘कांग्रेसको निर्वाचित सांसदहरुको विचबाटै संसदीय दलको नेता चुनिने हो । कांग्रेस बाहेक अन्य दलमा संसदीय दलको नेता छान्ने प्रक्रिया नै पूरा नहोला भन्ने लाग्छ । बदलाव आयो भने नेपाली कांग्रेस भित्रै आउने हो’, उनले भने ।
‘निर्वाचन सकिएर सांसद निर्वाचित भएको भोलिपल्टैबाट संसदीय दलको चुनावको तयारी गर्ने हो । ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो’, उनले भने । निर्वाचनबाट कांग्रेसले सानदाररूपमा चुनाव जित्ने उनले बताए ।
‘मेरो पार्टी र गठबन्धनमा सबै साथीहरू मलाई जिताउन खट्नुभएको छ । मैले सबै कुरा मतदाताको हातमा छाडेको थियो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा