काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद निर्वाचित भएको भोलिपल्टैबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका थापाले मतदानपछि प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता बन्न आवश्यक रहेको भन्दै अब त्यसको तयारीमा लाग्ने बताए ।
‘कांग्रेसको निर्वाचित सांसदहरुको विचबाटै संसदीय दलको नेता चुनिने हो । कांग्रेस बाहेक अन्य दलमा संसदीय दलको नेता छान्ने प्रक्रिया नै पूरा नहोला भन्ने लाग्छ । बदलाव आयो भने नेपाली कांग्रेस भित्रै आउने हो’, उनले भने ।
‘निर्वाचन सकिएर सांसद निर्वाचित भएको भोलिपल्टैबाट संसदीय दलको चुनावको तयारी गर्ने हो । ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो’, उनले भने । निर्वाचनबाट कांग्रेसले सानदाररूपमा चुनाव जित्ने उनले बताए ।
‘मेरो पार्टी र गठबन्धनमा सबै साथीहरू मलाई जिताउन खट्नुभएको छ । मैले सबै कुरा मतदाताको हातमा छाडेको थियो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा