काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।
चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’
प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए ।
पत्रकारको प्रश्नमा उनले भने, ‘चितवन छोडेको होइन । गोरखा गएको हो । यो मेरा लागि चुनौती पनि हो अवसर पनि हो ।’ प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं। १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’