सागर ढकाल तीन दिन ‘निराहार’ ब्रत बस्ने

सफल खबर संवाददाता

शुक्रबार, ०२ मंसिर २०७९, १० : १६
सागर ढकाल तीन दिन ‘निराहार’ ब्रत बस्ने

काठमाडौँ । यही मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गएको मध्यरातिदेखि मौन अवधि सुरु भएको छ ।

प्रचार(प्रसार लगायतका गतिबिधी बन्द गरिएको यस समयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बस्ने घोषणा गरेका छन् ।

देउवालाई हराएर प्रधानमन्त्री बन्ने अठोटका साथ देउवाको चुनावी क्षेत्र डडेल्धुराबाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार ढकालले बिहीबार राति एक भिडियो सार्वजनिक गर्दै डडेल्धुराका जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन् ।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु । भोलि र पर्सि मौनअवधि भयो । निकोपर्सि चुनावको दिन । यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्छु भन्ने प्रण गरेको छु ।’

गुल्मी स्थायी घर भएका इन्जिनियर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन् । यहाँ देउवा, सागर र नेपाली कांग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस