डडेल्धुराबाट चुनाव नलड्ने सागर ढकालको घोषणा

सफल खबर संवाददाता

आइतबार, ०४ माघ २०८२, १२ : ३६
डडेल्धुराबाट चुनाव नलड्ने सागर ढकालको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकाल यसपालि डडेल्धुराबाट चुनाव नलड्ने बताएका छन् ।

रास्वपा केन्द्रीय सदस्य ढकालले यसपालि आफू डडेल्धुरामा उम्मेदवार नहुने बताएका हुन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।

गुल्मी वा रुपन्देहीमध्ये एक ठाउँबाट आफू निर्वाचनमा लड्नेबारे कुराकानी भइरहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस