एजेन्सी । गाजा पट्टीको शरणार्थी शिविरमा आगलागी हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा १० बालबालिकासमेत रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गाजाको जबालिया शरणार्थी शिविरमा आगलागी भएको हो । जनघनत्व बढी रहेको शिविरमा लागेको आगो नियन्त्रणमा आएको छ । प्रारम्भिक अनुसन्धानबाट भान्छामा रहेको ग्यास चुहावट भएर आगलागी भएको खुलेको छ । आगलागी भएको जाबालिया गाजामा रहेको ८ मध्येको एक शिविर हो ।
वेष्ट ब्यांकमा रहेका प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ मंसिर २०७९, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो