काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग पुरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिए । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले भने ‘तयारी लगभग पुरा भएको छ ।’
उनले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने बताए । त्यसक्रममा उनले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४ लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिए । त्यस्तै उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।
त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ । साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ ।
निर्वाचनका लागि २,४६९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ भने आगामी दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा