काठमाडौं । निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ । आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।
‘आज १ गते राति १२ बजेदेखि ४ गते मतदान नसकिँदा सम्मको समय संवेदनशील मानिन्छ । त्यो बेलामा मतदातालाई प्रभावित पार्ने, रकम बाँड्ने, भोजभतेर गर्ने लगायतका गुनासा यसअघिका मतदानका क्रममा पनि आउने गरेका थिए,’ उनले भने, ‘यी विषयमा स्थानीय सुरक्षाकर्मी सहित यहाँबाट पठाएको टोलीले समेत हेर्नेछ, अनुगमन गर्नेछ ।’
उनका अनुसार टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।‘अति संवेदनशील ठाउँहरु र हिजो इतिहासमा पनि र विभिन्न कालखण्डमा भौगोलिक विकटता भएको ठाउँमा उहाँहरुलाई सम्पूर्ण अधिकार दिएर पठाउनेछौं,’ पौड्यालले भने, ‘शान्ति सुरक्षा भंग गर्ने प्रयास भएमा गोली चलाउन समेत आदेश दिनसक्ने गरी अधिकार प्रत्यायोजन भएको छ ।’
मौन अवधिमा गैरकानूनी र आचारसंहिता विपरीत काम गरेमा तत्काल कारकाही गर्न पाउने गरी पठाउन लागिएको टोली काठमाडौं, ललितपुर महानगरपालिका लगायत सुगम र तुलनात्मक रुपमा शान्तिसुरक्षा भएको ठाउँमा जाने छैन । दुर्गम, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरुलाई समेट्ने गरी टोली खटाउने तयारी भएको हो ।
सकेसम्म मतगणना सम्पन्न गरेर मात्रै फर्कनु भनी त्यो टोलीलाई म्याण्डेट दिइने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह