चितवन क्षेत्र नं. २ का उम्मेदवार उमेश श्रेष्ठको कार अज्ञात समुहद्धारा तोडफोड

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, ११ : ३८
चितवन क्षेत्र नं. २ का उम्मेदवार उमेश श्रेष्ठको कार अज्ञात समुहद्धारा तोडफोड

चितवन । भरतपुरमा चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर श्रेष्ठको कार तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस