काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ ।यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ ।
छयासीमध्ये ३१ मतदान स्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ । जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँचसहित रोल्पा नगरपालिकामा दुई छन् ।
गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेको जिल्लामा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पाँच मतदान केन्द्र थप्ने गरी सिफारिस गरेको थियो ।
अस्थायी मतदान केन्द्रका रूपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ती केन्द्रमा कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए ।
प्रदेशसभा ९१० मा ६८ हजार एक सय ६४ र प्रदेशसभा ९२० मा ७७ हजार तीन सय सातसहित जिल्लामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेका छन् . प्रतिनिधिसभामा पाँच दलले उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गर्ने दलमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र०बाट वर्षमान पुन, नेकपा ९एमाले०बाट पूर्ण बुढामगर, नेपाल मजदुर किसान पार्टीबाट नातीभाइ ह्योम्बा ,राप्रपा नेपालका रामबहादुर वली क्षेत्री र राप्रपाबाट लीला रावत प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रदेशसभा–१ मा माओवादी केन्द्रका जोखबहादुर महरा, एमालेका कमल बुढाथोकी, राप्रपा नेपालका गङ्जबहादुर शाही र राप्रपाका पदमबहादुर थापाले प्रतिस्पर्धा गर्दैछन् । प्रदेशसभा–२ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अमरसिंह पुन, राप्रपाका केशरबहादुर पुन, स्वतन्त्रबाट दीपेन्द्रकुमार पुनमगर, एमालेका प्रेमबहादुर घर्तीमगर र राप्रपाका सेते दमाईबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन लागि दुवै प्रस्ताव प्रस्तुत
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन शुरू
उप निर्वाचनको आचारसंहिता आजवाट सुरू, कस-कसलाइ लाग्छ आचारसंहिता ?
उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन २८ गते
भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने