स्थानीयको समस्या समाधानका लागि लड्नेछुः कुन्ती पोखरेल

सफल खबर संवाददाता

आइतबार, २७ कार्तिक २०७९, १४ : २२
स्थानीयको समस्या समाधानका लागि लड्नेछुः कुन्ती पोखरेल

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताएकी छन्।

आइतबार काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताएकी हुन्।

उनले आफूले काठमाडौँ क्षेत्र नं. २ को घरदैलोमा जाँदा सडक र खानेपानीको समस्या समाधानका लागि स्थानीयले अनुरोध गरेको भन्दै सो समस्या समाधानका लागि आफूले भूमिका खेल्ने बताइन्।

संघीय सरकारसँग प्रशस्त बजेट भएपनि काठमाडौँ क्षेत्र नं. २ मा काम गर्ने मान्छे नभएको उनकाे भनाइ छ। स्थानीयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाइन्।नेतृ पाेख्रेलले राप्रपालाई भोट हाल्नका लागि स्थानीय उत्साहित भएको प्रतिक्रिया पनि दिइन्।

 

प्रतिक्रिया दिनुहोस