काठमाडौं । दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो ।
युवकको मृत्यु शङ्कास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन । मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो ।
आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ कार्तिक २०७९, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानसँग नेपाल ८-० ले पराजित
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक १३ मन्त्री परिवर्तन
जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्ने युवकविरुद्ध हत्या अभियोग
आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग
जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो
इन्धन वार्ताका लागि जापानी प्रधानमन्त्री किशिदा कतारमा