देश धनी बनाउन म राजनीतिमा आएको हुंँ : उमेश श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १२ : ०२
देश धनी बनाउन म राजनीतिमा आएको हुंँ : उमेश श्रेष्ठ

चितवन । लोकतान्त्रिक वामगठबन्धन चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार आफू व्यक्ति धनी बनाउन नभई देश  धनी बनाउन राजनीतिमा आएको बताएका छन । बुधबार भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले देश धनी नभए व्यक्ति पनि गरिब हुने बताए । 

देश धनी हुन यहांँका साधन श्रोतलाई सही रुपमा परिचालन गर्नुपर्ने उनको भनाई थियो । ‘देश धनी भए व्यक्ति धनी हुन्छ । म देश धनी बनाउननै राजनीतिमा आएको हुंँ ।’ उनले भने ।  चितवन शिक्षा स्वास्थ्य पर्यटन कृषिको हब भएकोले यसलाई प्रर्वद्धन गर्न सके विकासले कोल्टे फेर्ने उनले बताए । 

आफू व्यवसाय क्षेत्रमा झण्डै पांँच दशक सेवा गर्दै आएको भन्दै अबको समय जनताको सेवा गर्नआएको उनले बताए । आफू राजनीतिमा लागे देखिनै जनताको सेवा गर्दै आएको भन्दै उनले भने, ‘चाहे माडीको विकास भन्नुस, चाहे पश्चिम चितवनको विकास भन्नुस म र प्रचण्ड जी संँगै थियौं ।’ उनले भने ।

 व्यवसायिक कृषिलाई सरकारले जोड दिनुपर्ने भन्दै श्रेष्ठले देशको प्रगतिको लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्ने  बताए । २३ बर्षपछि पुनः चितवनमा गठबन्धनले आफूलाई उम्मेद्वार बनाएर अवसर दिएको भन्दै एकपटक मौका दिन उनले आग्रह गरे । ‘मलाई एकपटक अवसर दिनुहुन्छ विश्वास छ । म  तपाईको सेवक हुन पाउंँ ।’ उनले भने । 

मंसीर ४ गते परीक्षाको घडी भएको भन्दै कांँग्रेसले २३ बर्षपछि इतिहास कोर्नका लागि  आम मतदातालाई जिताउन उनले आग्रह गरे । आफूले जितेमा यो क्षेत्रमा विकासका लागि सम्पर्क कार्यालय स्थापना गरी हरेक जनताको समस्याको समाधान गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । सो क्रममा क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वारले भरतपुर वडा नम्बर ११, नारायणगढ तथा देवघाट क्षेत्रमा घरदैलो गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस