देश धनी बनाउन म राजनीतिमा आएको हुंँ : उमेश श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १० : ०६
देश धनी बनाउन म राजनीतिमा आएको हुंँ : उमेश श्रेष्ठ

चितवन । लोकतान्त्रिक वामगठबन्धन चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठले आफू व्यक्ति धनी बनाउन नभई देश धनी बनाउन राजनीतिमा आएको बताएका छन् । भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले देश धनी नभए व्यक्ति पनि गरिब हुने बताए ।

देश धनी हुन यहांँका साधन श्रोतलाई सही रुपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । ‘देश धनी भए व्यक्ति धनी हुन्छ । म देश धनी बनाउननै राजनीतिमा आएको हुंँ,’ उनले भने । चितवन शिक्षा स्वास्थ्य पर्यटन कृषिको हब भएकोले यसलाई प्रर्वद्धन गर्न सके विकासले कोल्टे फेर्ने उनले बताए । आफू व्यवसाय क्षेत्रमा झण्डै पांँच दशक सेवा गर्दै आएको भन्दै अबको समय जनताको सेवा गर्नआएको उनले बताए ।

आफू राजनीतिमा लागे देखिनै जनताको सेवा गर्दै आएको भन्दै उनले भने, ‘चाहे माडीको विकास भन्नुस्, चाहे पश्चिम चितवनको विकास भन्नुस म र प्रचण्डजी संँगै थियौं ।’ उनले भने । व्यवसायिक कृषिलाई सरकारले जोड दिनुपर्ने भन्दै श्रेष्ठले देशको प्रगतिको लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्ने बताए ।

मंसीर ४ गते परीक्षाको घडी भएको भन्दै उनले कांँग्रेसले २३ बर्षपछि इतिहास कोर्नका लागि आम मतदातालाई जिताउन उनले आग्रह गरे । आफूले जितेमा यो क्षेत्रमा विकासका लागि सम्पर्क कार्यालय स्थापना गरी हरेक जनताको समस्याको समाधान गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस