काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना