काठमाडौ। काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीय कल्पना राना मगर रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले दुर्घटनामा भएको ना. ८ ख.१८४१ को ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु