सागर ढकाललाई चुनाव प्रचार गर्न दिन निर्वाचन आयाेगकाे निर्देशन

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, २० : ०९
सागर ढकाललाई चुनाव प्रचार गर्न दिन निर्वाचन आयाेगकाे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएकाे छ । 

डडेल्धुरालगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ताे निर्देशन दिएकाे हाे । हिजाे साेमवार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्‍याइएकाे भन्दै सामाजिक सञ्जालमा गुनासाे गर्नुभएकाे थियाे । 

आयाेगले स्वतन्त्रतापूर्वक चुनाव प्रचार गर्न तथा चुनाव खटिएकालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुने उपयुक्त वातावरण तयार गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस