बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १५ : ३८
बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ

नेपालगञ्ज । बाँकेमा हतियारसहित दुई शिकारी पक्राउ परेका छन्।

बाँके राष्ट्रिय निकुञ्‍जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा-१३ स्थित भरैया इलाकाबाट दुई शिकारी पक्राउ गरेकाे हाे।

अवैध शिकार गरिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरूलाई दुई भरुवा बन्दुकसहित कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयलाई बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस