चितवन । लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारहरूले गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गरिने बताएका छन् । पश्चिम चितवनको भरतपुर १६ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा चितवन ३ का उम्मेदवार डा.भोजराज अधिकारी र ३९१० प्रदेशसभाका उम्मेदवार डा. सुर्यकान्त घिमिरेले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै डा.भोजराजले निर्वाचन लगत्तै गठबन्धन सरकारले स्वामित्व लिएर रंगशाला निर्माण अघि बढाउने बताए । फाउन्डेसनले हस्तान्तरण गरिसकेको र आफु निर्वाचित भएपछि प्रदेश र संघ सरकार मार्फत अघि बढ्ने उनले बताए । उम्मेदवारहरूको क्षमता र विज्ञता हेरेर मात्रै मतदान गर्न उनको आग्रह छ । 'हामी, पारदर्शी हुन्छौं, हामी ईमान्दार हुन्छौं, हामी अनुशासित हुन्छौं, त्यसैले हामीलाई मतदान गर्नुस्' डा.भोजराजले भने । उनले नारायणी तटबन्ध आफुहरूकै कार्यकालमा बनाउने बताए ।
सभालाई सम्बोधन गर्दै चितवन ३ (१) प्रदेशसभाका उम्मेदवार डा.सुर्यकान्त घिमिरेले जनमुखी योजना निर्माणका लागि पनि गठबन्धनलाई विजय बनाउन आग्रह गरे ।शिक्षा र स्वास्थ र कृषिलाई जनमुखी बनाउने उनको योजना छ । स्थानीय स्तरमा अघि बढेका पुर्वाधार सम्पन्न गर्ने उनले बताए ।कृषिलाई व्यवसायीकिकरण गर्न दुधको अनुदान बढाईने, सुरक्षित मातृत्व सहित सुत्केरी भत्ता बढाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
सेतिदवी, ज्ञानेश्वर, सिद्विगणेश वनलाई थप उपभोक्तामुखी बनाउने डा. सुर्यकान्तले बताए । गठबन्धनले आज भरतपुर १७ र १७ मा उम्मेदवारसहित घरदैलो गर्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, १४ : ३५
लेखकबाट थप