काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ लंकपुरस्थित सडकमा लु.३ च ३११४ नम्बरको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री कोटहीमाई गाउँपालिका–१ बस्ने ४५ वर्षीय महेन्द्र भर छन् । उनको सोमबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१४ दियालेस्थित सडकमा साउनेबाट गाईघाटतर्फ जाँदै गरेको प्र १–०५–००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार सवार सोही नगरपालिका–४ बगाहा बस्ने ३३ वर्षीया लिला मगरको ५ वर्षीय छोरा नुजल मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ८ जनामध्ये अटोमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अटो चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ ।
बाराको पचरौता नगरपालिका–९ टियर पुलस्थित सडकमा कलैयाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बिआर ०५ डि ७३७७ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–२ श्रीनगर बैरिया बस्ने ४२ वर्षीय रामाधार प्रसाद यादव छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श चोकस्थित सडकमा मे.१ ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पैदलयात्री हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छकञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीस्थित सडकमा सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।रौतहटको मौलापुर नगरपालिका–५ लक्ष्मीनियामा बीआर ०५ भी ८६०४ नम्बरको मोटरसाइकल र प्रदेश २ –०३–००१ स ६६६७ नम्बरको टेम्पो सोमबार राति ठोक्किँदा मोटरसाइकल चालक बारा सिम्रौनगढ नगरपालिका–८ बस्ने ३२ वर्षीय असलम पैठानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको गोदावरी नगरपालिका–१ धनगढीमा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाँई शिबिर बस्ने ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
गोरखाको गोरखा नगरपालिका–८ बराहा मन्दिरस्थित सडकमा ग.१ त ४८७८ नम्बरको ट्रयाक्टर सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक आरुघाट गाउँपालिका–१ मान्बु घर भई गोरखा नगरपालिका–५ सतिपिपल डेरा गरी बस्ने ३६ वर्षीय राजु गुरुङ छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु