नरेश थापा सहायक प्रशिक्षक नियुक्त

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १३ : ०६
नरेश थापा सहायक प्रशिक्षक नियुक्त

काठमाडौं । कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज मंगलबार मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै थापालाई नियुक्ती पत्र हस्तान्तरण गरे । यसअघि एन्फाले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस