काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। महोत्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार रहेका ठाकुरले बालबालिकालाई चुनावी प्रचारमा सहभागी गराएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अंकित पम्प्लेट लिई वितरण गर्न हिडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको आयोगले जनाएको छ।
स्पष्टीकरण पत्रमा ठाकुरलाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यलयमा प्राप्त हुनेगरी स्पष्टीकरण जवाफ पेश गर्न निर्देशन दिइएको छ।
बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यलय दाङमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ।‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा ९१० को खण्ड ९ट०लाई उल्लेख गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ’ आयोगले भनेको छ, ‘तपाईंले बालबालिकाहरू जम्मा गरी आफ्नो निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको देखिन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ कार्तिक २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर
संविधान संशोधनका लागि लोसपाले सहकार्य गर्ने