सागर ढकाललाई कुनै अवरोध गरेका छैनौँ : प्रशासन

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, २२ : ०४
सागर ढकाललाई कुनै अवरोध गरेका छैनौँ  : प्रशासन

डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको खण्डन गरेको छ । स्थानीय प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको ब्यहोरा सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस