काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ ।गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको हो ।
उत्तर कोरियाली जनसेनाको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै शत्रुको सबै विरोधी युद्ध अभ्यासहरूको जवाफ दिने उल्लेख गरेको छ । विज्ञप्तिमा उत्तर कोरियाको हालैको ब्यालिस्टिक मिसाइल परीक्षणलाई अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासको ‘स्पष्ट जवाफ’ भनी चित्रण गरिनुका साथै शत्रुहरूको उत्तेजक सैन्य चालहरू जति निरन्तर रूपमा जारी रहन्छ त्यतिनै उनीहरूका लागि घातक हुने जनाएको छ ।
गत हप्ता अमेरिक र दक्षिण कोरियाले बी–१ बी को साथ सयौं लडाकु विमानहरूले भारी बम वर्षाका साथै अभ्यास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ कार्तिक २०७९, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
अमेरिका र चीनले गरे व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा इरानका तीन आणविक साइटमा आक्रमण
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी