काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ ।गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको हो ।
उत्तर कोरियाली जनसेनाको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै शत्रुको सबै विरोधी युद्ध अभ्यासहरूको जवाफ दिने उल्लेख गरेको छ । विज्ञप्तिमा उत्तर कोरियाको हालैको ब्यालिस्टिक मिसाइल परीक्षणलाई अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासको ‘स्पष्ट जवाफ’ भनी चित्रण गरिनुका साथै शत्रुहरूको उत्तेजक सैन्य चालहरू जति निरन्तर रूपमा जारी रहन्छ त्यतिनै उनीहरूका लागि घातक हुने जनाएको छ ।
गत हप्ता अमेरिक र दक्षिण कोरियाले बी–१ बी को साथ सयौं लडाकु विमानहरूले भारी बम वर्षाका साथै अभ्यास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ कार्तिक २०७९, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा