‘ढुक्क हुनुहोस वन्यजन्तु ऐन परिर्वतन गर्न कटिबद्ध छु’ : डा. पौडेल

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, ११ : १५
‘ढुक्क हुनुहोस वन्यजन्तु ऐन परिर्वतन गर्न कटिबद्ध छु’ : डा. पौडेल

चितवन । मंसिर ४ गते हुने निर्वाचनमा डा. विश्व पौडेल पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर १ का साझा उम्मेदवार हुन् । योजना आयोगको दुई कार्यकाल उपाध्यक्ष भईसकेका पौडेल निर्वाचित गराउन मतदाता सक्रियता देखाएका छन् ।

अर्थविद् समेत रहेका पौडल उम्मेदवार भएपछि चितवन १ का जनता उत्साही पनि छन् । उनी यहाँबाट उठेसगैँ अब पूर्वी चितवनलाई उचाइमा पुर्‍याउन र राष्ट्रिय स्तरमै यहाँको पहिचान स्थापित गराउन डा।विश्वले नेतृत्वदायी भूमिका खेल्ने भन्दै स्थानीयहरू उनको प्रशंसा गरेका छन् । हुन पनि पौडेलले योजना आयोग उपाध्यक्ष हुदाँ सडक, पुल पुलेसा जस्ता विकासका कार्य मात्र नभएर चितवनलाई चिनाउन रणनीतिक महत्त्वका कामलाई पनि रणनीतिक हिसाबले नै अगाडि बढाएको मतदाताहरु नै बताउछन्  ।

पौडलकै पहल कदमीमा अब यहाँको चर्चा मात्र नभई विकासको मुल फुट्ने मतदाताहरू नै बताउँछन् । घरदैलोको क्रममा उनले सबैभन्दा ठुलो समस्याको रुपमा रहेको चितवनकोवासी कै समस्या मानव वन्यजन्तु द्धन्द्ध निस्तेज पार्न निकुञ्ज ऐन नै परिर्वत गर्ने प्रतिवद्धता जनाए । चितवनको पहिला सदरमुकाम रहेको झुवानी क्षेत्रमा आयोजित कोण सभामा उनले भने,  ढुक्क हुनुहोस वन्यजन्तु ऐन परिर्वतन गर्न कटिबद्ध छु । जति क्षति गरेको त्यहि आधारमा गर्ने व्यवस्था हुनेछ  । पुरानो सदरमुकाम चिनाउन देखिने गरि काम हुनेछ ।

म पनि किसानको छोरा हो उनले भने, पहिलाको सदरमुकाम झुवानीको पहिचान स्थापित गराउन रणनीति योजनाका साथ चित्रसारीमा चारलेनको पुल बनाउनेछु । यहाँ मल कारखाना स्थापना गर्ने देखि हरेक दृष्टिकोणबाट विकास गर्ने उनले मतदातालाई बचन दिए ।

उनीसगैँ माओवादीको तर्फबाट समानुपाति उम्मेदवार लक्ष्मी नेपालीले पूर्वी चितवनको विकासमा गठबन्धनका उम्मेदवार गम्भीरताका समथ एकजुट भई देखिने काम ल्याउने बताईन् । वागमती प्रदेशका मन्त्री समेत रहेका प्रदेश (ख) का उम्मेदवार कृष्ण खनालले पनि पूर्वी चितवनको विकासमा थप नयाँ योजना ल्याउने प्रतिवद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस