लिभरपुलले जारी सिजन अवे मैदानमा निकाल्यो पहिलो जित

एजेन्सी

सोमबार, २१ कार्तिक २०७९, ०८ : ३१
लिभरपुलले जारी सिजन अवे मैदानमा निकाल्यो पहिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जारी सिजन अवे मैदानमा पहिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी टोटेनहमलाई २-१ ले पराजित गरेको हो।

लिभरपुलको जितमा दुवै गोल मोहम्मद सलाहले गरे। उनले पहिलो हाफमा गरेको दुई गोल टिमको जितमा निर्णायक बन्यो। यसअघि लिभरपुलले लिगका अघिल्ला दुई खेलमा हार बेहोरेको थियो। नोटिङ्घम फरेस्ट र लिड्स युनाइटेडसँग पराजित लिभरपुलले टोटेन्ह्यामलाई हराउँदै खेलमा फर्किएको हो।

सलाहाले नुनेजको पासलाई ११औँ मिनेटमा सदुपयोग गर्दै पहिलो गोल गर्दा दोस्रो गोल उनले ४०औँ मिनेटमा सम्भव बनाएका थिए। ७०औँ मिनेटमा ह्यारी केनले लिभरपुलविरुद्ध एक गोल फर्काए पनि हार टार्न भने सकेन।

जितपछि लिभरपुलले १३ खेलबाट १९ अंक जोडदै आठौँ स्थानमा उक्लिएको छ। जारी सिजन लिभरपुल उपाधि होडभन्दा निकै पछि रहेको छ। पराजयका बाबजुत टोटेनहम २६ अंकका साथ चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस