रेडिअन्ट बास्केटबलमा ४८ टिम

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, १८ : ४४
रेडिअन्ट बास्केटबलमा ४८ टिम

काठमाडौं । रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२–१२ टिम सहभागी हुने छन् ।

सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज÷सिनियर गल्र्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।सिनियर ब्वाइज÷गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरले जानकारी गराइन् ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ । प्रतियोगिताको एक संस्करण २०७२ सालको भूकम्प तथा दुई संकरण कोभिडका कारण सम्भव नभएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस