२४ घण्टामा थपियो १६ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

शनिबार, १९ कार्तिक २०७९, १७ : ४९
२४ घण्टामा थपियो १६ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।

शनिबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर ४४९ पीसीआर तथा ८२७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस