गठबन्धन संविधान रक्षा, स्थिरता र समृद्धका लागि बनेको हो : प्रकाशशरण महत

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १६ : ०१
गठबन्धन संविधान रक्षा, स्थिरता र समृद्धका लागि बनेको हो :  प्रकाशशरण महत

नेपालगञ्ज । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन भए पनि धेरै ठाउँमा उम्मेदवारमा समस्या देखिएको बताएका छन् । प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले समस्या देखिएका ठाउँमा मिलाउने प्रयास भइरहेको बताए ।

बाँके क्षेत्र नं. २ को प्रदेश ख मा कांग्रेसको भागमा परेको भए पनि माओवादी केन्द्रले उम्मेदवार उठाएको छ । त्यस्तै, क्षेत्र नं. ३ को प्रदेश क मा माओवादीमा देखिएको विवादले दुई जना उम्मेदवार खडा हुँदा कांग्रेसले कसलाई मत हाल्ने अन्योल छ । डा. महतले दुवै ठाउँमा मिलाउने प्रयास भइरहेको जानकारी दिए।

नेपालगञ्जमा माओवादीलाई छोड्न आग्रह गरिरहेको जानकारी दिएका महतले क्षेत्र नं. ३ को कमा माओवादीले जसलाई आधिकारिक मान्छ उसलाई मत हालिने बताए । प्रवक्ता महतले गठबन्धन दिने र लिने भएको र संविधान रक्षा, स्थिरता र समृद्धका लागि बनेको जिकिर गरे।

 

प्रतिक्रिया दिनुहोस