फुटबलबाट सन्यास लिने पिकेको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, ११ : ५०
फुटबलबाट सन्यास लिने पिकेको घोषणा

एजेन्सी । बार्सिलोनाका जेरार्ड पिकेले आफ्नो व्यावसायिक फुटबल खेल जीवनबाट बिहीबार सन्न्यासको घोषणा गरेका छन् ।

उनले आफ्नो खेल जीवनमा पूर्णविराम लगाउने क्षण आइपुगेको बताएका छन् । ट्विटरमा ३५ वर्षीय खेलाडीले लेखेका छन्, ‘शनिबार आल्मेरियाविरुद्धको प्रतिस्पर्धा मेरो नु क्याम्पमा अन्तिम खेल हुनेछ ।’

भेट्रान डिफेन्डर सफल खेलाडीमा पर्छन् र उनले बार्सिलोनाका लागि चार पल्ट युरापेली च्याम्पियन्स लिग तथा स्पेनका लागि सन् २०२० को विश्वकप र सन् २०१२ को युरो जिते ।

‘मैले आफ्नो खेल जीवनलाई अन्त्य गर्ने निर्णय गरेको छु,’ उनले भिडियो सन्देशमा थपेका छन्, ‘बार्सिलोना जस्तो अरू क्लब हुन सक्दैन । म यो क्लबको समर्थक रहने छु र माया गरिरहने छु ।’

प्रतिक्रिया दिनुहोस