बाग्लुङ । सङ्घ र प्रदेशको चुनाव आउन १७ दिन बाँकी छ । राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् । सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै सामग्री यहाँ आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
“मतदान केन्द्रअनुसार मतपत्र छुट्याउने, प्याकिङ गर्ने काम भइरहेको छ, निर्वाचन सामग्री लगभग सबै आइसकेको छ”, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले भने, “कर्मचारीको खटनपटन, तालिमलगायतका काम पनि सँगसँगै हुँदैछ ।”
मतदाता शिक्षाका लागि वडास्तरमा स्वयंसेविका खटाइएको उनको भनाइ छ । पालिका तहमा नमुना मतदान अभ्यास गराइने भएको छ । सञ्चारकर्मीलगायत सरोकार भएका पक्षलाई चुनावबारे अभिमुखीकरण गरिने निर्वाचन अधिकारी रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ कार्तिक २०७९, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
बागलुङका २५ स्थानमा तटबन्ध गरिँदै
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रमाउने बढे
बागलुङमा ३ वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु
महायज्ञमा सहभागी हुन पञ्चकोटमा प्रधानमन्त्री प्रचण्ड