गृहजिल्ला डडेलधुराबाट देउवाले सुरु गरे चुनावी सभा (तस्बिरहरु)

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १६ : ५३
गृहजिल्ला डडेलधुराबाट देउवाले सुरु गरे चुनावी सभा (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा पुगेका छन्। बिहीबार धनगढीबाट डडेल्धुरा पुगेका उनले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्न लागेका हुन्। देउवाको चुनावी भाषण सुन्न नेपाली कांग्रेससहित अन्य दलका कार्यकर्ता र सर्वसाधारण पनि सभास्थलमा जम्मा भएका छन्।

देउवा डडेलधुराका आधा दर्जनभन्दा बढी स्थानमा चुनावी सभामा सहभागी भएर मत माग्ने र यही कात्तिक २० गते काठमाडौँं फर्किने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ । 

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका देउवालाई आसन्न निर्वाचनमा नेपाली कांग्रेस (बिपी)बाट कर्णबहादुर मल्ल, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत छन् । नेकपा माओवादी केन्द्रको गतिलो साथ पाएका देउवालाई अन्य उम्मेदवारले निर्वाचन हराउन मुस्किल पर्ने आकलन गरिएको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनले यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सिट बाँडफाँट गरेको छ । 

प्रतिक्रिया दिनुहोस