काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज बजार मापन गर्ने सूचक ७।३२ अंकले बढेर परिसूचक १९३८.३० बिन्दुमा रोकिएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि बुधबार ०.२१ प्रतिशतले वृद्धि भएर ३८२.९४ विन्दु कायम भएको छ । ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । होटल १६.३५, विकास बैंक ३३.६७, जलविद्युत १६.५८, वित्त ८.६६, उत्पादन तथा प्रशोधन १३.१२, अन्य २०.१, माइक्रोफाइनान्स ३६.८६, जीवन बीमा समूहको उपसूचक ५५.१३ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार