नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १५ : ३०
नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

तनहुँ । नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रे रहेका छन् । यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा संघ तनहुँका अध्यक्ष जीवन भट्टराई सहित युवा संघको सिङ्गो जिल्ला कमिटी टिम पनि एमालेमा प्रवेश गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस