काठमाडौं । लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका(३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१५ घर भई सोही महानगरपालिका(२७ हमालचोक बस्ने २८ वर्षीय अनिल आले रहेका छन् ।
लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको विभिन्न मितिको फैसलाले सबिन गिरीलाई ४ महिना २८ दिन कैद, सुजन कामीलाई ४ महिना ६ दिन कैद र अनिल आलेलाई ३ महिना २८ दिन कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १६ कार्तिक २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ