टी-२० विश्वकप: न्युजिल्यान्डविरुद्ध जित्नै पर्ने दवावमा इंग्ल्यान्ड

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, १० : ५७
टी-२० विश्वकप: न्युजिल्यान्डविरुद्ध जित्नै पर्ने दवावमा इंग्ल्यान्ड

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा मंगलबार न्युजिल्यान्ड र इंग्ल्यान्डबीच ब्रिसबेनमा प्रतिस्पर्धा हुँदै छ। १:४५ मा सुरु हुने खेलमा न्युजिल्यान्ड आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने लक्ष्यमा रहँदा इंग्ल्यान्ड भने अस्थिर प्रदर्शनबाट गुज्रिएको छ। यस्तोमा उसलाई न्युजिल्यान्ड विरुद्ध थप दवाव हुने छ।

समूह १ अन्तर्गत हुने खेलमा न्युजिल्यान्ड अपराजित रहँदै ५ अंकका साथ शीर्ष स्थानमा छ। उसले २ जित र एक खेल रद्द हुँदा ५ अंक बनाएको छ।इंग्ल्यान्डले भने १ जित र १ हारसहित १ खेल रद्द हुँदा ३ अंक बनाएर तेस्रो स्थानमा रहेको छ। त्यसैले चौथो खेलमा जित निकाल्दै आफ्नो सेमिफाइनल सम्भावना कायम राख्न चाहन्छ।

न्युजिल्यान्ड र इंग्ल्यान्डबीच अहिलेसम्म २२ पटक टी-२० प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले १२ र न्युजिल्यान्डले ८ खेलमा जित हासिल गर्दा एक खेल बिना नतिजा टुंगिएको छ।

पछिल्लो पटक १० नोभेम्बर २०२१ मा टी-२० विश्वकपकै सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला न्युजिल्यान्डले ५ विकेटको जित हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस