गोरखा । पूर्व प्रधानमन्त्री एवमँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड'ले गोरखाका सडकमा धुलो रहन नदिने बताएका छन । आइतबार पालुङटार नगरपालिका वडा नम्बर ६ स्थित पौवाटारमा स्थानीय नागरिकहरुसँग भेटघाटको क्रममा प्रचण्डले सो कुरा बताएका हुन । तीनदिन देखि यहाँको सडकमा म यात्रा गरिरहेको छु अबको पाँच वर्षमा यहाँका सबै धुलो हटाएर बाटो कालोपत्रे गरिने छ अध्यक्ष प्रचण्डले भने ।
गोरखाको धुवाँकोटमा नै बसेर माओवादी पार्टीको परिकल्पना गरेको र आज यो स्थान सम्म आएको बताउँदै यहाँ आएर निर्वाचनमा उम्मेदवारी दिने धेरै पहिला देखिको योजना आफ्नो रहेको उनले बताए ।
गोरखाले गण्डकी प्रदेशको मुख्यमन्त्री र सरकारको नेतृत्व एकै साथ प्राप्त गर्ने सम्भावनापनि रहेको उनको भनाइ छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन । गोरखाको विरुवाटारमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष् ादाहालसहित पुगेका भट्टराईले सो कुरा बताए ।
०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताए । तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । ‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । मअब अरु कुनै ढंगले सक्रिय हुनेछु,’ उनले भने ।
आफूले निर्वाचन जितेपछि बाटोघाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि भट्टराइले बताए । प्रदेशसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज पाण्डेले गोरखाले प्रधानमन्त्री पाउनेमा कुनै शँका नै नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'