एजेन्सी । अमेरिकाले उत्तरी अष्ट्रेलियाको हवाई अड्डामा ६ वटा आणविक क्षमता भएका बी–५२ बमवर्षक विमानहरू पठाउने तयारी गरिरहेको छ ।अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)का अनुसार वासिंगटनले अष्ट्रेलियाको उत्तरी क्षेत्रको डार्विन शहरबाट करिब ३०० किलोमिटर (१८५ माईल) दक्षिणमा रहेको टिन्डल एयर बेसमा विमानका लागि समर्पित सुविधाहरू निर्माण गर्ने विस्तृत योजना बनाएको छ ।
अष्ट्रेलियाको रक्षा विभागले प्रतिवेदनबारे कुनै टिप्पणी गरेको छैन । तर, अमेरिकी वायुसेनाको भनाइ उदृत गर्दै एबीसीले लेखेको छ, ‘अष्ट्रेलियामा बमवर्षकहरू तैनाथ गर्ने क्षमताले घातक वायु शक्ति प्रक्षेपण गर्ने हाम्रो क्षमताको बारेमा हाम्रा विरोधीहरूलाई कडा सन्देश पठाउँदछ ।’
विश्लेषकहरूले एबीसीलाई भनेका छन् कि यो कदम चीनको लागि एक चेतावनी हो । चीनले ताइवानको स्वशासित टापुमा आक्रमण गर्न चेतावनी दिँदै आएको छ । नयाँ अमेरिकी सुरक्षा केन्द्रका बेक्का वासेरले भने, ‘मुख्य भूमि चीनमा पुग्न सक्ने र सम्भावित रूपमा आक्रमण गर्न सक्ने बमवर्षकहरू चीनलाई ताइवानमाथिको कुनै पनि कार्यले थप विस्तार गर्न सक्ने संकेत पठाउन धेरै महत्वपूर्ण हुन सक्छ । ’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ कार्तिक २०७९, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु