भक्तपुर । प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।
उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागू षधसहित नियन्त्रणमा लिएको उनकाे भनाइ छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। लागूऔषध विक्रीवितरण तथा ओसारपसार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ कार्तिक २०७९, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ